कक्षा १
थीमः मेरो समूदाय समय ३५ मिनेट
पाठ जोड
शिर्षक योगफल २० सम्म आउने जोड
सिकाइ उपलब्धिहरु
यस सत्रको अन्त्यमा बिद्यार्थीहरु योगफल २० सम्म आउने गणितीय समस्याहरु समाधान गर्न सक्षम हुने छन् ।
व्यबहार कुशल सिपहरु
प्रयोग सिप, सिकाइ सिप, रचनात्मक सोचाइ सिप, समालोचनात्मक सोचाइ सिप, समस्या समाधान सिप,सञ्चार र सहकार्य सिप
अन्तर बिषयक सिकाइ उपलब्धिहरु
साथी वा परिवारलाई आवश्यक सहयोग गर्न र लिन ।
समूहमा खेलीने बिभिन्न खेलहरु खेल्न ।
बिभिन्न चिन्हहरुको प्रयोग गरि मौखिक अभिव्यक्ति दिन ।
आवश्यक सामाग्रीहरु
सिन्का बा गीटीका टुक्राहरु, विद्यार्थी पाठ्य तथा कार्यपुस्तक, मार्कर, संख्या पत्तीहरु, साइनपेन, न्यूजप्रिन्ट पेपर, मेटाकार्ड, पारदर्शी कागज,
सहजीकरण कार्यकलाप
कार्यकलाप १ १५ मिनेट
क) सबैलाइ एक एक ओटा आफ्नो आफ्नो घर परिवारमा जम्मा कतिजना हुनुहुन्छ सबैले आफ्नो मेटाकार्डमा लेख्न लगाउनुहोस् ।
ख) सबैलाइ आफ्नो परिबारको संख्या बराबरका रेखाहरु मेटाकार्डमा कोर्न लगाउनुहोस् ।
ग) आफ्नो परिबारका संख्या बराबरका गीटीका टुव्रmाहरु संकलन गर्न लगाउनुहोस् ।
घ) अब आफ्नो बाँया तिरको साथीले संकलन गरेका टुव्रmाहरु मिसाएर गणना गर्न लगाउनुहोस् ।
ङ) जम्मा कतिओटा भए उक्क संख्या बराबरका धर्काहरु तस्रो मेटाकार्डमा खिच्न लगाउनुहोस् ।

जस्तै

च) अन्त्यमा माथीका दुई संख्याहरुको जोडलाई गणितीय रुपमा निम्नानुसार व्यक्त गर्न लगाउनुहोस्।

कार्यकलाप २ १५ मिनेट
क) दुई वा तीन तीन जनाको जनाको समूहहरुमा बस्न लगाउनुहोस् ।
ख) प्रत्येकलाई ० देखि ९ सम्म अंकित संख्या पत्तीहरुको गड्डीबाट एक एक ओटा संख्या पत्ती नहेरीकन थुत्न लगाउनुहोस् ।
ग) प्रत्येक समूहका सदस्यहरुले प्राप्त गरेका संख्या बराबरका सिन्काहरु जम्मा गर्नलगाउनुहोस् ।
ग) आफ्नो समूहका सदस्यहरु सबैले संकलन गरेका सिन्काहरु मिसाएर गणना गर्न लगाउनुहोस् ।
ङ) जम्मा कतिओटा भए गणना गरि लेख्न लगाउनुहोस् । र न्युज प्रिन्टमा लेख्न लगाउनुहोस् र
जस्तै,
समूह १ तीन जनाको थियो र त्यस समूहको प्रस्तुती निम्नानुसार हुने भयो ।

च) समुहका सदस्यहरुको समूह कार्यकालागि सहभागिता र अन्त्यमा समूहको प्रस्तुतीहरुबाट अन्य बिषयसँगको एकिकृत स्वरुपको बारेमा छलफल गराउनुहोस् ।
छ) सबै समूहले प्रस्तुत गरिसकेपछि अन्य बिषयका सिकाइ उपलब्धिहरु के कति हासील भए प्रशिक्षकबाट सारांश सहित निश्कर्ष बताइदिनुहोस् ।
क) व्रिmयाकलापहरुमा बिपायगत रुपमा समूहका कार्य गर्दा जस्तै संकलन तथा गणनामा एक साथीले अर्कोलाई सहयोग गर्ने कार्यबाट सेरोफेरोको बिषयवस्तुको बारेमा जानकारी दिन सकियो ।
ख) त्यस्तै दोस्रो व्रिmयाकलापमा समूहमा संख्या खेल खेल्न र तिनिहरुका बिभिन्न नियमहरुका बारेमा जानकारी लिन तथा समूहमा खेल खेल्न सक्ने छन् ।
ग) त्यस्तै समूहले तयार पारेका नतिजाहरुको मौखिक तथा लिखित प्रस्तुतीबाट भाषिक सिपको बिकास हुने देखिन्छ । ५ मिनेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!